काठमाडौँ क्षेत्र नं ३, ४ र ६ को मतगणना शुरु « Khabarhub

काठमाडौँ क्षेत्र नं ३, ४ र ६ को मतगणना शुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ क्षेत्र नं ३, ४ र ६ को मतगणना शुरु भएको छ ।

६ को मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर ४ मा पनि मत गन्न थालिएको छ । यहाँ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ।

काठमाडौँ ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ । बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए ।

यो निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेका थिए । यस क्षेत्रमा आइतबार २९ मतदान स्थलका ६८ केन्द्रमा मतदान भएको थियो । यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ वडा पर्छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे, नेकपा (एमाले) का कृष्णबहादुर राईसहित विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : २८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि