सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु | Khabarhub Khabarhub

सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको र  प्रारम्भिक मतगणनामा  नौ सय मतमध्ये क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सुरुआती अग्रता देखिएको छ । 

उनको छ सय २९ मत प्राप्त हुँदा लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले एक सय ६९ मत ल्याएका छन् । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ५९ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं २(क) मा जनमत पार्टीका सतिश सिंहले सात सय ३१ मत प्राप्त गर्दा लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले एक सय ५२ र जसपाका शैलेन्द्रप्रसाद साहले एक सय ५२ मत प्राप्त गरेका छन् ।


प्रदेशसभा क्षेत्र नं २ (ख) मा जनमत पार्टीकै महेश यादवले पाँच सय ३७ मतका साथ अग्रता लिँदा लोकतान्त्रिक– वाम गठबन्धनका साझा उम्मेदवार उमेशकुमार यादवले तीन सय आठ र जसपाका लक्ष्मण यादवले एक सय ८३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै सप्तरीको कञ्चनरूप नगरपालिकास्थित सर्वोदय माविमा क्षेत्र नं १ को मतगणना सुरु भएको छ ।

 बिहान ९ बजेदेखि मतगणना गर्ने भनिए पनि उम्मेदवारले ढिलोगरी आफ्नो प्रतिनिधि पठाएकाले ११ बजेदेखि गणना सुरु भएको प्रमुख जोशीले बताए । क्षेत्र नं ३ र ४ मा पनि मतगणनाको तयारी भइरहेको उनको भनाइ थियो । हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरीमा करिब ६२ प्रतिशत मतदान भएको थियो । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : २८ बजे

दशैँमा पिङको परम्परा : आत्मबल बढाउने सूत्र

नेपाल सांस्कृतिक, बहुधार्मिक र परम्पराले युक्त भएको देश हो। यहाँ

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका

मनसुनी र पश्चिमी वायुको प्रभाव, थोरै भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी

धार्मिक ग्रन्थमा कतै पनि काटमार उल्लेख छैन

दशैँसँगै बलिको बहस प्रारम्भ हुन्छ। शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी

दशैँमा बाध्यताले मुलुक छाड्ने अधिकांशका आँखामा आँसु

काठमाडौं – “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न