सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु « Khabarhub

सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको र  प्रारम्भिक मतगणनामा  नौ सय मतमध्ये क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सुरुआती अग्रता देखिएको छ । 

उनको छ सय २९ मत प्राप्त हुँदा लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले एक सय ६९ मत ल्याएका छन् । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ५९ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं २(क) मा जनमत पार्टीका सतिश सिंहले सात सय ३१ मत प्राप्त गर्दा लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले एक सय ५२ र जसपाका शैलेन्द्रप्रसाद साहले एक सय ५२ मत प्राप्त गरेका छन् ।


प्रदेशसभा क्षेत्र नं २ (ख) मा जनमत पार्टीकै महेश यादवले पाँच सय ३७ मतका साथ अग्रता लिँदा लोकतान्त्रिक– वाम गठबन्धनका साझा उम्मेदवार उमेशकुमार यादवले तीन सय आठ र जसपाका लक्ष्मण यादवले एक सय ८३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै सप्तरीको कञ्चनरूप नगरपालिकास्थित सर्वोदय माविमा क्षेत्र नं १ को मतगणना सुरु भएको छ ।

 बिहान ९ बजेदेखि मतगणना गर्ने भनिए पनि उम्मेदवारले ढिलोगरी आफ्नो प्रतिनिधि पठाएकाले ११ बजेदेखि गणना सुरु भएको प्रमुख जोशीले बताए । क्षेत्र नं ३ र ४ मा पनि मतगणनाको तयारी भइरहेको उनको भनाइ थियो । हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरीमा करिब ६२ प्रतिशत मतदान भएको थियो । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : २८ बजे

विद्याले चार पूर्वप्रधानमन्त्रीको नाडी छाम्नुको अर्थ यस्तो…

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताले वाम एकताको धुन

आलुमा साङ्ला भेटिएपछि अडोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

काठमाडौं– ललितपुर महानगरपालिका- ३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला

मोदी गाउँपालिकाका एक सय ६० घरमा खानेपानी सुविधा

पर्वत– मोदी गाउँपालिकामा बोरिङ खानेपानी आयोजनामार्फत एक सय ६० घरमा खानेपानी

क्रिप्टोबाट ट्रम्पको अर्बौँ डलर कमाइ, स्वार्थको द्वन्द्वबारे विवाद

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना

‘स्टारडम’ले मेकरको रोजाइमा परेको दशकपछि बल्ल हिट लिस्टमा अनमोल

काठमाडौं – ‘महँगो हिरो’ बनेर फिल्म क्षेत्रमा चहलपहल पाइसकेपछि ठक्कर