चितवन क्षेत्र नं १ को मतगणना सुरु, २ मा १ बजे, ३ मा २ बजे थालिने « Khabarhub

चितवन क्षेत्र नं १ को मतगणना सुरु, २ मा १ बजे, ३ मा २ बजे थालिने


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ। तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो। पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि केही ढिला गणना सुरु भएको हो। यस क्षेत्रमा ६८दमलव७३ प्रतिशत मत खसेको छ। उक्त क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता छन्। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चितवन क्षेत्र नं २ मा दिउँसो १ बजेदेखि मतगणना गरिने छ। यस क्षेत्रमा ६७दमलव तीन प्रतिशत मत खसेको छ। त्यहाँ एक लाख २४ हजार दुई १४ मतदाता छन्।

क्षेत्र नं ३ मा २ : १५ बजेदेखि मतगणना सुरु हुने भएको छ। उक्त क्षेत्रमा ६५दशमलव ४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए। उक्त क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन्।

जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन्। उनीहरुमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्सय हजार ३२ छन्। एक सय ६१ मतदानस्थलका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै