स्याङ्जा २ मा पुनः मतदान गर्न माग « Khabarhub

स्याङ्जा २ मा पुनः मतदान गर्न माग


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोखरा– स्याङ्जा २ मा एमालेसहितका दलहरूले पुनः मतदानको माग गरेका छन् । सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै एमाले उम्मेद्वार पद्मा अर्यालले पुनः निर्वाचनको माग गरेकी हुन् । उनले संयुक्त रूपमा निर्वाचन आयोगमा पत्र बुझाएकी छिन् ।

गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मतदान गरेको आरोप एमालेले लगाएको छ । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले पनि पुनः मतदान हुनुपर्ने माग राखेका छन् । 

चापाकोट नगरपालिकाका चारवटा बुथमा अप्रत्याशित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ । यो क्षेत्रमा कांग्रेसका धनराज गुरुङ उम्मेदवार छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ०९ बजे

घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो

काठमाडौं– देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमाडौं – यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार

पोखरा र सुदूरपश्चिम भिड्दै, कुशलको ब्याट र दीपेन्द्रको दौडलाई कसले रोक्ने ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर