सप्तरीको क्षेत्र नं १ र २ मा मतगणना सुरु « Khabarhub

सप्तरीको क्षेत्र नं १ र २ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको बताए । 

यस्तै सप्तरीको कञ्चनरूप नगरपालिकास्थित सर्वोदय माविमा क्षेत्र नं १ को मतगणना सुरु भएको छ । बिहान ९ बजेदेखि मतगणना गर्ने भनिए पनि उम्मेदवारहरूले ढिला गरी आफ्नो प्रतिनिधि पठाएकाले ११ बजेदेखि गणना सुरु भएको प्रमुख जोशीले बताए । 

क्षेत्र नम्बर ३ र ४ मा पनि मतगणनाको तयारी भइरहेको उनको भनाइ छ । हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरीमा करिब ६२ प्रतिशत मतदान भएको थियो । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : २५ बजे

निवर्तमान उपसभापति खड्कालाई भेट्न गोल्फुटार पुगे कांग्रेस सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा निवर्तमान उपसभापति पूर्णबहादुर

एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र

कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै

मुस्ताङ – छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला

सरकारी बिदाले सास्ती : शल्यक्रिया ठप्प, बिरामी अलपत्र

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको बढ्दो मूल्य र वैदेशिक मुद्रा