काठमाडौँ-३ मा एमालेलाई अग्रता « Khabarhub

काठमाडौँ-३ मा एमालेलाई अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले छ सय ४७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेश गिरीले दुई सय ५२ मत पाएका छन् । तीन हजार चार सय २४ मतमध्ये तीन हजार दुई सय ७१ मत सदर भएको थियो । एक सय ५३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार सम्पन्न मतदानमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको थियो । 

प्रदेश-१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता

निर्वाचन क्षेत्र नंंप्रदेश-१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता छ । प्रदेशतर्फको तीन हजार ९७ मत गन्दा लामाले नौ सय ५६ मत प्राप्त गर्नुभएको हो । एमालेका चन्द्रमान लामाले सात सय ९०, स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले पाँच सय ७४, राप्रपाका चुण्डी लामाले पाँच सय २३ र नेकपा (माओवादी केन्द्र) का कपिलमुनि उप्रेतीले ९० मत पाएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशतर्फ तीन हजार एक मत सदर र ९६ मत बदर भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ४३ बजे

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको