काठमाडौँ-३ मा एमालेलाई अग्रता « Khabarhub

काठमाडौँ-३ मा एमालेलाई अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले छ सय ४७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेश गिरीले दुई सय ५२ मत पाएका छन् । तीन हजार चार सय २४ मतमध्ये तीन हजार दुई सय ७१ मत सदर भएको थियो । एक सय ५३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार सम्पन्न मतदानमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको थियो । 

प्रदेश-१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता

निर्वाचन क्षेत्र नंंप्रदेश-१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता छ । प्रदेशतर्फको तीन हजार ९७ मत गन्दा लामाले नौ सय ५६ मत प्राप्त गर्नुभएको हो । एमालेका चन्द्रमान लामाले सात सय ९०, स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले पाँच सय ७४, राप्रपाका चुण्डी लामाले पाँच सय २३ र नेकपा (माओवादी केन्द्र) का कपिलमुनि उप्रेतीले ९० मत पाएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशतर्फ तीन हजार एक मत सदर र ९६ मत बदर भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ४३ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका