रूपन्देही ४ मा लोसपाको अग्रता « Khabarhub

रूपन्देही ४ मा लोसपाको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले नौ सय ९४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले सात सय २३, जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले चार सय ९३ र जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादवले ३१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नं ४ (१) मा प्रदेशसभा सदस्य पदका लागि लोसपाका तर्फबाट उम्मेदवार कन्हैया बनियाले एक हजार एक सय नौ, नेपाली कांग्रेसका अष्टभुजा पाठक चार सय ८७ र जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल चार सय ९५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ४ (२) मा नेपाली कांग्रेसका बसीउद्दीन खाले आठ सय ३३, जनमत पार्टीका अर्जुन जयसवाल चार सय ८८ र लोसपाका मोहनलाल यादवले चार सय ५० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ४३ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने