लिबियाको हिरासत केन्द्रमा हवाई आक्रमण, ४० जना मारिए « Khabarhub

लिबियाको हिरासत केन्द्रमा हवाई आक्रमण, ४० जना मारिए


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिबियामा रहेको आप्रवासी हिरासत केन्द्रमा भएको हवाई आक्रमण (एयर स्ट्राइक)मा परेर ४० जनाको ज्यान गएको छ ।

राजधानी त्रिपोलीको पूर्व क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा परेर ८० जनाभन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्न सक्छ । हमलाको जिम्मा कसैले पनि लिएको छैन ।

यद्यपि संयुक्त राष्ट्रसंघ समर्थित लिबिया सरकारले खालिफा हस्फारसमर्थित लिबियन नेशनल आर्मीले आक्रमण गरेको बताएको छ ।

अवैध रुपमा इटली जाने अफ्रिकी आप्रवासीका लागि लिबिया मुख्य केन्द्रका रुपमा रहँदै आएको छ । गरिबी र युद्ध प्रभावित अफ्रिकीहरु लिबिया हुँदै डुङ्गा चढेर इटली पुग्ने गर्छन् ।

लिबियाको विभिन्न ठाउँमा दर्जनौं आप्रवासीलाई कैद गरेर राखिएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १० : ४४ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट