काठमाडौँको ‘कोर एरिया’बाट उदाएका विराजभक्त | Khabarhub Khabarhub

घण्टीबाट जित्नेको चर्चा

काठमाडौँको ‘कोर एरिया’बाट उदाएका विराजभक्त

‘जो प्रदेश सांसदको अनुभवसहित मन्त्रीलाई हराउँदै प्रतिनिधिसभा सांसद बने’


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : विराजभक्त श्रेष्ठ काठमाडौँ उपत्यकामा सुनिएको एक नाम हो, जुन नयाँ थिएन । तर धेरै पुरानो भने होइन । त्यही नाम नेपालमा उदाउँदो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत काठमाडौँको कोर एरियाबाट उदाएको छ ।

बहालवालामन्त्री जीवनराम श्रेष्ठ र स्वतन्त्र तथा वैकल्पिक शक्ति बोकेका सुमन सायमीलाई हराउँदै विराजभक्त श्रेष्ठ काठमाडौँ ८ बाट विजयी भएका छन् । विराजभक्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दर्ता गर्दा जित्ने सायदै कल्पना गरिएको थियो । तर उनले प्रदेशसभामा पाँच वर्षको समानुपातिक सांसद भएको अनुभवसहित काठमाडौँ ८ बाट प्रदेशसभामा विजयको झण्डा गाडेका छन् ।

काठमाडौँमा प्राय नेवार समुदायको भोेटलाई केवल ‘भोट बैंक’ ठान्ने मुख्य राजनीतिक दलहरुलाई पन्छाउँदै केही महिना पहिले मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले विजयको झडा गाडेको छ । जुन आफैँमा ठूलो इतिहास र रोचक राजनीतिक प्रतिष्पर्धाले स्वच्छता पाएको छ ।

विराजभक्तले काठमाडौँको कोर एरियामै अब भोट बैंक होइन, नेवार समुदायको विवेकको प्रयोग गर्दैै जित हासिल गरेका छन् । २०७४ सालको निर्वाचनमा विराजभक्त उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा सक्रिय रहेका थिए ।

विवेकशील नेपाली र पछि विवेकशील साझामा हुँदा उनले केही समाजसेवाको काम गरे । त्यतिबेला उनले आफ्नो व्यापार व्यवसाय बढाउँदै आर्थिक स्थिती मजबुत बनाएका थिए । विराजभक्तले वातावरण अभियान चलाउनुका साथै स्थानीय तहको चुनावमा झन् चर्चा बढाएका थिए ।

विवेकशील साझाको पार्टीमा हुँदा केन्द्रीय सदस्य तथा समानुपातिकमा बागमती प्रदेशमा सांसद बन्ने मौका पाएका उनले विवेकशीलबाट आफ्नो राजनीतिक उचाई बढाएका थिए ।

तर रवीन्द्र मिश्रले अध्यक्ष पद छाडेपछि विवेकशील साझा पार्टीका युवाहरु लाखा पाखा लागे । त्यही बेला विराजभक्त रविको पार्टीमा लामबद्ध हुँदै काठमाडौँ ८ मा उम्मेद्वारी दिएका थिए । पहिलो पटक संसदीय चुनाव लडेका उनले जित हासिल गरेका छन् ।

त्यसमा पनि नयाँ र युवाहरुको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्तले जित हासिल गरेका छन् । रविको स्वतन्त्र पार्टी उनको जितले राष्ट्रिय पार्टी बन्ने सम्भावना बढेको छ ।

विराजभक्तले बहालहाला मन्त्रीलाई हराउँदै चुनाव जितेका बेला स्वतन्त्र पार्टीकै युवा उम्मेद्वार सोविता गौतमले पूर्वसभामुख ओनसरी घर्तीलाई हराएकी छन् । यस्तै अर्का स्वतन्त्रकै अर्का उम्मेद्वार गणेश पराजुली पनि विजयी भएका छन् । तर काठमाडौँको कोर एरियाबाट विराजभक्तको जितले स्वतन्त्र पार्टीबाट ठूला दललाई धेरै ठूलो सन्देश दिएको छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ०३ बजे

शिक्षा सुधारको सूत्र : शिक्षकका दलीय संघ, संगठन बन्द गरौं

संसारकै प्रथम शिक्षक मानिने चिनिया दार्शनिक कन्फ्युसियसले उच्च र खानदानी

सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा २५२ जना लाभान्वित

बैतडी– जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)

एक महिनामा वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने

काठमाडौं– पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको

लिपुलेकबारे डा. भट्टराईको टिप्पणी :  नेपाली भूभागबारे नेपालको सहमतिबिना गरिने सम्झौता अमान्य  

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र विज्ञ डा.