काठमाडौँको ‘कोर एरिया’बाट उदाएका विराजभक्त « Khabarhub

घण्टीबाट जित्नेको चर्चा

काठमाडौँको ‘कोर एरिया’बाट उदाएका विराजभक्त

‘जो प्रदेश सांसदको अनुभवसहित मन्त्रीलाई हराउँदै प्रतिनिधिसभा सांसद बने’


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : विराजभक्त श्रेष्ठ काठमाडौँ उपत्यकामा सुनिएको एक नाम हो, जुन नयाँ थिएन । तर धेरै पुरानो भने होइन । त्यही नाम नेपालमा उदाउँदो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत काठमाडौँको कोर एरियाबाट उदाएको छ ।

बहालवालामन्त्री जीवनराम श्रेष्ठ र स्वतन्त्र तथा वैकल्पिक शक्ति बोकेका सुमन सायमीलाई हराउँदै विराजभक्त श्रेष्ठ काठमाडौँ ८ बाट विजयी भएका छन् । विराजभक्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दर्ता गर्दा जित्ने सायदै कल्पना गरिएको थियो । तर उनले प्रदेशसभामा पाँच वर्षको समानुपातिक सांसद भएको अनुभवसहित काठमाडौँ ८ बाट प्रदेशसभामा विजयको झण्डा गाडेका छन् ।

काठमाडौँमा प्राय नेवार समुदायको भोेटलाई केवल ‘भोट बैंक’ ठान्ने मुख्य राजनीतिक दलहरुलाई पन्छाउँदै केही महिना पहिले मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले विजयको झडा गाडेको छ । जुन आफैँमा ठूलो इतिहास र रोचक राजनीतिक प्रतिष्पर्धाले स्वच्छता पाएको छ ।

विराजभक्तले काठमाडौँको कोर एरियामै अब भोट बैंक होइन, नेवार समुदायको विवेकको प्रयोग गर्दैै जित हासिल गरेका छन् । २०७४ सालको निर्वाचनमा विराजभक्त उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा सक्रिय रहेका थिए ।

विवेकशील नेपाली र पछि विवेकशील साझामा हुँदा उनले केही समाजसेवाको काम गरे । त्यतिबेला उनले आफ्नो व्यापार व्यवसाय बढाउँदै आर्थिक स्थिती मजबुत बनाएका थिए । विराजभक्तले वातावरण अभियान चलाउनुका साथै स्थानीय तहको चुनावमा झन् चर्चा बढाएका थिए ।

विवेकशील साझाको पार्टीमा हुँदा केन्द्रीय सदस्य तथा समानुपातिकमा बागमती प्रदेशमा सांसद बन्ने मौका पाएका उनले विवेकशीलबाट आफ्नो राजनीतिक उचाई बढाएका थिए ।

तर रवीन्द्र मिश्रले अध्यक्ष पद छाडेपछि विवेकशील साझा पार्टीका युवाहरु लाखा पाखा लागे । त्यही बेला विराजभक्त रविको पार्टीमा लामबद्ध हुँदै काठमाडौँ ८ मा उम्मेद्वारी दिएका थिए । पहिलो पटक संसदीय चुनाव लडेका उनले जित हासिल गरेका छन् ।

त्यसमा पनि नयाँ र युवाहरुको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्तले जित हासिल गरेका छन् । रविको स्वतन्त्र पार्टी उनको जितले राष्ट्रिय पार्टी बन्ने सम्भावना बढेको छ ।

विराजभक्तले बहालहाला मन्त्रीलाई हराउँदै चुनाव जितेका बेला स्वतन्त्र पार्टीकै युवा उम्मेद्वार सोविता गौतमले पूर्वसभामुख ओनसरी घर्तीलाई हराएकी छन् । यस्तै अर्का स्वतन्त्रकै अर्का उम्मेद्वार गणेश पराजुली पनि विजयी भएका छन् । तर काठमाडौँको कोर एरियाबाट विराजभक्तको जितले स्वतन्त्र पार्टीबाट ठूला दललाई धेरै ठूलो सन्देश दिएको छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ०३ बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा