डडेलधुरामा २०४८ सालदेखि निरन्तर देउवा « Khabarhub

डडेलधुरामा २०४८ सालदेखि निरन्तर देउवा

सागरले रोक्न सकेनन् सातौं जित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सातौं पटक संसदमा निर्वाचित भएका छन्। बुधबार कांग्रेस उम्मेदवार देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन्। उनँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। साढे १२ हजार मतान्तरसहित देउवा विजयी भएका हुन् ।

डडेलधुराबाट देउवा २०४८ सालपछि लगातार संसदमा निर्वाचित हुँदै आएका छन्। एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटक देउवालाई हराउन स्वतन्त्र उम्मेदवार सागर ढकाल र एमालेको साथ पाएका बीपी कांग्रेसका मल्ल असफल भएका हुन्। यो जितसँगै देउवाले इतिहास रचेका छन्। डडेलधुरामा देउवाको उदयलाई निर्विकल्प रुपमासमेत हेरिएको छ।

देउवा वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्लाबाट निर्वाचित भए। यो अपराजित यात्रालाई २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा उनले निरन्तरता पाए।

यसअघिको संवैधानिक प्रावधान अनुसार एकसाथ दुई ठाउँमा उम्मेदवारी दिन पाइने हुँदा देउवा डडेलधुराका साथै कञ्चनपुर र कैलालीबाटसमेत विजयी भएका थिए। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेलधुराबाटै विजयी देउवा अहिले सातौं पटक विजयी भएका हुन्। देउवाको यो यात्रालाई ऐतिहासिक मानिएको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ३६ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज