माओवादीको पहिलो जित, सिन्धुलीका दाहाल विजयी « Khabarhub

माओवादीको पहिलो जित, सिन्धुलीका दाहाल विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ । प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको छ ।

उनले एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेका छन् । दाहालले २७५१७ र उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१६८७ मत ल्याए ।राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३ र राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याए ।

सिन्धुलीमा सत्तागठबन्धन थियो । सिन्धुली १ मा कांग्रेसले पाएको छ । सो क्षेत्रमा कांग्रेसका श्याम घिमिरेले एमालेका प्रदीप कटुवाललाई पछि पारेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : ५२ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२