यी हुन् एमालेका विजयी ५ उम्मेद्वार « Khabarhub

यी हुन् एमालेका विजयी ५ उम्मेद्वार


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरणाम आउने क्रम जारी छ । प्रतिनिधिसभा अन्तर्गत हालसम्म एमालेका ४० जना उम्मेदवारहरुले मतगणनामा अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार निर्वाचनमा हालसम्म नेकपा एमालेका ५ जना उम्मेदवार विजयी भएका छन् ।

गुल्मीको २ मा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेका छन् । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गर्दा झाँक्रीले २६ हजार ४ सय ४२ मत ल्याइन् । त्यस्तै, ताप्लेजुङमा पनि एमालेका योगेशकुमार भट्टराई विजयी भएका छन् । उनले २१ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७ सय ३५ मत ल्याएका छन् ।

यता, ललितपुर २ मा पनि एमालेकै प्रेमबहादुर महर्जनले पनि जित हासिल गरेका छन् । उनले १९ हजार ८ सय ३४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले केबल १० हजार ४ सय ४० मत ल्याए । ललितपुरको छिमेकी जिल्ला काठमाडौँ ९ मा एमालेले जित हासिल गरेको छ । त्यहाँ एमालेका कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका हुन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याउँदा पोखरेलले केबल १० हजार ९ सय ६१ मत ल्याए ।

प्रदेश नं. १ को उदयपुर २ मा पनि एमालेले जित हासिल गरेको छ । त्यहाँ नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई पराजित गर्दै एमालेका अम्बरबहादुर रायमाझीले जित निकालेका हुन् । रायमाझीले १५ हजार २ सय ५१ मत प्राप्त गर्दा खतिवडाले १२ हजार ८ सय ९३ मत मात्र प्राप्त गरे ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : ३३ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई