ठगी गरी फरार बसन्तको खोजीमा पीडितहरु आफै जुटे | Khabarhub Khabarhub

ठगी गरी फरार बसन्तको खोजीमा पीडितहरु आफै जुटे


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दर्जनौँ मानिसहरुलाई विभिन्न प्रलोभन तथा व्यवसायिक कारोबारमा लाखौँ रुपैयाँ ठगी गर्ने बसन्त भुजेल (खवास) को खोजीमा पीडित आफै जुटेका छन् । प्रहरीमा उजुरी दिए पनि पक्राउ नपरेपछि उनेको खोजीमा पीडित आफैं जुटेका हुन् ।

काठमाडौं, थलीका स्थायी निवासी बसन्तले फरक–फरक मान्छेलाई आफ्नो थर पनि फरक-फरक बताउने गरेको एक पीडितले बताए । श्रेष्ठ, राणालगायतको थर परिवर्तन गर्दै हिँड्ने उनीविरुद्ध प्रहरीमा दर्जनौँ उजुरी परेपनि पक्राउ नपर्दा पीडितले गुनासो व्यक्त गरेका छन् । बसन्तबाट ठगिनेमध्ये काठमाडौं, गोठाटार–३ का ज्ञानेन्द्र खतिवडा पनि एक हुन् ।

चार महिना अघि बोलेर जीप किन्नका लागि उनले बसन्तलाई आठ लाख रुपैयाँ दिएका थिए । शुरुमा बोलेर जीप नै ल्याएर दिएका बसन्त पैसा हातमा पारेसँगै एकाएक गायब भए । उक्त जीपलाई थप मर्मत गरी चलाउन शुरु गरेको हप्ता दिनमै पहिलेका साहुले ज्ञानेन्द्रबाट जीप खोसेर लगे । आफूले बसन्तबाट पैसा नपाएको भन्दै उनले ज्ञानेन्द्रबाट जीप फिर्ता लगेका थिए । जीप खोसिएपछि उनी अहिले बसन्तको खोजी गर्दै हिँडिरहेका छन् ।

‘चार महिनादेखि खोजी गर्दै हिँड्दा पनि फेला पार्न सकिएन । दुःख गरी कमाएको पैसा खाइदियो ।’ उनले भने, ‘प्रहरीमा उजुरी दिँदा पनि पक्राउ नपरेपछि खोजी गर्दै बुटवलसम्म पुगेँ, केही पत्तो लागेन ।’

बसन्तको ठगीको जालमा तीन जना प्रहरी अधिकारी पनि परेको पीडितहरुले बताए । ठाउँ परिवर्तन गर्दै लुक्दै हिँडेका उनीविरुद्ध प्रहरीमा झण्डै एक दर्जन उजुरी परेको प्रहरी प्रधान कार्यालयका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

कहिले विदेश त कहिले नेपालमै भएको जानकारी आउने गरे पनि उनी बसेको ठेगाना पत्ता लगाउन प्रहरीलाई पनि कठिन भइरहेको छ ।

पीडितहरुले भने बसन्तलाई देख्नु हुने मानिसलाई खबर गरिदिन अनुरोध गरेका छन् । नजिकको प्रहरी चौकी तथा ९८४१३१९१८४ मा खबर गरी सहयोगका लागि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ५१ बजे

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

बागलुङ-  एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र

नाकथोप्ली ‘ङ’ को कन्तबिजोग !

मासगेडी ‘ङ’ अर्थात् नाकथोप्ली ‘ङ’ के हो ? शब्दकोशअनुसार हेरौँ

महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने

काठमाडौं – सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता

अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरू)

काठमाडौं– अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस