कस्तो कुण्डली भएका व्यक्तिको बहुविवाह हुने प्रबल योग हुन्छ ? « Khabarhub

कस्तो कुण्डली भएका व्यक्तिको बहुविवाह हुने प्रबल योग हुन्छ ?


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजमा एक पुरुषले एकमात्र महिलासँग विवाह गरे सामान्य मानिन्छ । तर, एक पुरुषले दुईभन्दा बढी महिलासँग विवाह गरेका प्रशस्त उदाहरण हामीले देखेका छौँ, सुनेका छौँ । हरेक पुरुष वा महिलाले बहुविवाह गर्दैनन् ।

तर केहीले कानूनले बर्जित भए पनि बहुविवाह गरेका छन् । विवाहको प्रसंगमाथि चर्चा गर्दा सामाजिक तथा धार्मिक कुराको पनि महत्व रहने गर्छ ।

हरेक ब्यक्तिको विवाह उसको स्वभाव, संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रहदशामा पनि निर्भर रहन्छ । ज्योतिश शास्त्रीय मान्यताअनुसार ग्रह नै ब्यक्तिको विवाहमा कारक बन्दछ । जसअनुसार कुनै पनि ब्यक्तिको कुण्डलीमा एक भन्दा बढी विवाहको योग हुन सक्दछ । यसलाई कुण्डलीमा रहेको ग्रहदशाको परिणामका रुपमा विश्वास पनि गरिन्छ ।

ब्यक्तिको कुण्डलीमा बहुविवाहको योग कुन ग्रह दशाका कारण बन्छ ? जानी राखौँ ।

१) जुन ब्यक्तिको कुण्डलीमा चन्द्र अथवा शुक्र एकै भावमा रहन्छ र उसको अवस्था बलियो हुन्छ भने त्यस्ता ब्यक्तिको एक भन्दा बढी विवाह हुनसक्छ ।

२) ब्यक्तिको कुण्डलीको लग्नेश उच्च वा स्वराशिगत केन्द्र भावमा बिराजमान हुन्छ भने यस्ता ब्यक्तिको एक भन्दा बढी पत्नी हुन सक्छन् ।

३) कुनै पनि ब्यक्तिको कुण्डलीको लग्न एक उच्च गृह राशीमा हुन्छ भने त्यस्ता ब्यक्तिहरुको पनि एक भन्दा अधिक विवाह हुने सम्भावना रहन्छ ।

४) जब ब्यक्तिको कुण्डलीमा लग्नेश र चतुर्थ भावको स्वामी केन्द्रिय भावमा हुन्छ भने यस्ता ब्यक्तिको पनि बहुविवाह हुने योग प्रबल हुन्छ ।

५) कुनै पनि ब्यक्तिको कुण्डलीमा सप्तमेश भावमा शनि बिराजमान हुन्छ र त्यो कुनै पाप गृहबाट प्रभाबित हुन्छ भने पनि यसकिसिमका ब्यक्तिको बहुबिवाह हुने योग हुन्छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १ : १६ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई