जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्छौँ : साउद « Khabarhub

जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्छौँ : साउद


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताएका छन् ।

आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित विजयी जुलुसलाई सम्बोधन गर्दै उनले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताए। गठबन्धनको सरकार निरन्तर जारी रहने उल्लेख गर्दै उनले देश विकासको गतिमा अगाडि बढ्ने बताए ।
नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकार पाँच वर्ष काम गर्ने उनले बताए । ‘जनताका धेरै अपेक्षा छन्, सबै अपेक्षा पूरा गर्नका लागि सक्दो पहल गछौँ’, उनले भने, ‘यसका लागि सबैको साथ र सहयोग आवश्यक छ ।’

चुनावका बेला जनतासँग गरेको सङ्कल्प पूरा गर्ने नेपाली कांग्रेसका प्रदेशसभाका विजयी उम्मेदवार बहादुरसिंह थापाले बताए ।

नेकपा(माओवादी केन्द्र)का प्रदेशसभाका विजयी उम्मेदवार ओमविक्रम भाटले मतदातासँग गरेका वाचा पूरा गर्ने बताए । प्रतिबद्धतापत्रमा उल्लेख गरेका कुरा अक्षरशः पूरा गर्ने उनको भनाइ थियो ।

निर्वाचन क्षेत्र नं २ का विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयबाट विजयी जुलुस निकालेर लोकतान्त्रिक–वाम गठबन्धनको कार्यालमा पुगेर समापन गरिएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : २९ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया