तत्कालीन माओवादी सेनाको ब्यारेक अवलोकन गर्न गए सभामुख « Khabarhub

तत्कालीन माओवादी सेनाको ब्यारेक अवलोकन गर्न गए सभामुख


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– सभामुख कृष्णबहादुर महराले तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन पछि सभामुख महराले देशमा ठूलो परिवर्तन गर्न सङ्क्राम ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले तत्कालीन जनयुद्धको सम्झना गर्दै भने “अब यस ऐतिहासिक ब्यारेक स्थलको विकास हुनु जरुरी रहेको छ ।”

सभामुखले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट बजेटको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऐतिहासिक जनयुद्धको सम्झना र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस ब्यारेकलाई युद्ध सङ्ग्रहालय बनाउने तयारी गरेको सभामुखलाई जानकारी गराएका थिए ।

त्यस अवसरमा स्थानीय सङ्क्रामवासीले सडक, बिजुली टेलिफोन र खानेपानीको समस्या भोग्नु परेको भन्दै व्यवस्थापन गर्न माग गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  २ : ०५ बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ