कास्की-१ मा एमालेका मनबहादुर गुरुङ निर्वाचित « Khabarhub

कास्की-१ मा एमालेका मनबहादुर गुरुङ निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण- कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

पोखरा महानगरपालिका-१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दश हजार नौ सय ४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले तीन हजार आठ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : ०३ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्