मोरङ ६ बाट कांग्रेस नेता डा कोइराला विजयी « Khabarhub

मोरङ ६ बाट कांग्रेस नेता डा कोइराला विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले) का लालबाबु पण्डितले २२ हजार नौ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले नौ हजार एक सय ४० मत प्राप्त गरेका छन् । 

निर्वाचन क्षेत्र नं ६(२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की १० हजार चार सय ५० मत प्राप्त गरी विजयी भएका छन्  । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण बस्नेत (पर्शुराम) ले नौ हजार दुई सय ७३ प्राप्त गरेका छन् । तेस्रो स्थानमा राप्रपाका राजेशकुमार मास्केले तीन हजार आठ सय ३७ मत प्राप्त गरेका हुन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै