काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहले बुझे प्रमाणपत्र | Khabarhub Khabarhub

काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहले बुझे प्रमाणपत्र


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेसका प्रकाशमान सिंहलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । 

यसैगरी, आयोगले काठमाडौं क्षेत्र नम्बर १ (१ र २) बाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछानेलाई पनि प्रमाणपत्र दिएको हो । 

सिंहले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले ७ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले ७ हजार १८ मत ल्याएर पराजित भए । 

यसैगरी काठमाडौं– १ (१)मा कांग्रेसका दीपेन्द्र श्रेष्ठले राप्रपाका नविन शाहीलाई पराजित गरे । श्रेष्ठले ६ हजार ३०० मत ल्याएर विजयी हुँदा र शाहीले ३ हजार ५०४ मत पाउँदा पराजित भए । 

काठमाडौं–१ (२)मा सुरजचन्द्र लामिछानेले ४ हजार ५१० मतसहित एमालेका गणेशप्रसाद दुलाललाई हराउँदै विजयी भए । दुलालले २ हजार ७५३ मत ल्याए । 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ४४ बजे

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली