काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहले बुझे प्रमाणपत्र « Khabarhub

काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहले बुझे प्रमाणपत्र


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेसका प्रकाशमान सिंहलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । 

यसैगरी, आयोगले काठमाडौं क्षेत्र नम्बर १ (१ र २) बाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछानेलाई पनि प्रमाणपत्र दिएको हो । 

सिंहले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले ७ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले ७ हजार १८ मत ल्याएर पराजित भए । 

यसैगरी काठमाडौं– १ (१)मा कांग्रेसका दीपेन्द्र श्रेष्ठले राप्रपाका नविन शाहीलाई पराजित गरे । श्रेष्ठले ६ हजार ३०० मत ल्याएर विजयी हुँदा र शाहीले ३ हजार ५०४ मत पाउँदा पराजित भए । 

काठमाडौं–१ (२)मा सुरजचन्द्र लामिछानेले ४ हजार ५१० मतसहित एमालेका गणेशप्रसाद दुलाललाई हराउँदै विजयी भए । दुलालले २ हजार ७५३ मत ल्याए । 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ४४ बजे

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान