तीन मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई हरायो | Khabarhub Khabarhub

कतार विश्वकप फूटबल

तीन मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई हरायो


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलमा इरानले वेल्सलाई हराएको छ । शुक्रबार साँझ अहमद बिन अली रंगशालामा भएको समूह बी अन्तर्गतको खेलमा इरानले १० खेलाडीमा सीमित वेल्सलाई अन्तिम अतिरिक्त समयमा तीन मिनेटमा दुई गोल गर्दै २–० गोलले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । थप गरिएको झण्डै १२ मिनेटको समयमा इरानले नाटकीय फूटबल खेल्यो । त्यसमा पनि उसले तीन मिनेटमा दुई गोल गरेको हो ।

इरानलाई जिताउन जित दिलाउन रोजवेह चेस्मी र रामिन रेजाइनले गोल गरे । इरानले ​चेस्मी र रामिज दुवैले इरानका लागि दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।

चेस्मीले ९८ र रेजाइनले १०१ औँ मिनेटमा गोल गरेका हुन् । त्यसअघि ८६ औँ मिनेटमा वेल्सका गोलरक्षक वायन हेनेसीले रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए । जसकारण वेल्स १० खेलाडीमा सीमित भयो । तर उसले निर्धारित ९० मिनेट र अतिरिक्त ७ मिनेट खेल नियन्त्रणमै राखेको थियो । तर अन्तिम ५ मिनेट सम्हालिन नसक्दा वेल्स पराजित भयो ।

इरानको यो पहिलो जित हो । यसअघि इरान इंग्ल्याण्डसँग ६–२ गोल अन्तरले पराजित भएको थियो भने वेल्सले अमेरिकासँग बराबरी खेलेको थियो । आजको हारपछि वेल्स समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ५६ बजे

क्यान्सर अस्पतालमा शय्या पाउनै कठिन

राँझा (बाँके)- बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर

सहायक भूमिकामा देखिन थालेकी ऋचा भन्छिन्- मैले अभिनयमा ‘गियर चेन्ज’ गरिसकेँ

काठमाडौं – नायिका ऋचा शर्माको अभिनय रहेको फिल्म ‘जारी २’

काठमाडौं महानगरले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण 

काठमाडौं– काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ

ट्रम्पको आणविक परीक्षण आदेशले चर्कायो विश्वव्यापी तनाव

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण सुरु गर्ने

रास्वपाले थालेको छलफलमा एकसाथ देखिए बाबुराम र रेशम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले परिवर्तन पक्षधर राजनीतिक दल र शक्ति,