स्वेता खड्काको ‘टिकटक’ मोह ! « Khabarhub

स्वेता खड्काको ‘टिकटक’ मोह !


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका स्वेता खड्का पछिल्लो समय फिल्म क्षेत्रमा खासै सक्रिय छैनिन् । केही महिनाअघि ट्युमरको अपरेसन गरेपछि उनी आरामको समय बिताइरहेकी छिन् । सँगसँगै आफ्नो व्यवसायलाई पनि समय दिइरहेकी छिन् ।

फिल्म क्षेत्रबाट टाढा रहे पनि स्वेता सामाजिक सञ्जालमा भने निकै सक्रिय रहने गर्छिन् । स्वेताले इन्स्टाग्राम, फेसबूकदेखि टिकटकमा समेत आफूलाई अपडेट राख्न भ्याएकी हुन्छिन् । सामाजिक सञ्जालमार्फत आफ्ना भावनाहरु शेयर गर्ने स्वेताले पछिल्लो समय टिकटकमा पनि भिडियोहरु अपलोड गर्न थालेकी छिन् ।

टिकटकमा स्वेतालाई झण्डै ८० हजारले फलो गरेका छन् भने उनले ८१ जनालाई फलो गरेकी छिन् । उनको सक्रियता पनि उत्तिकै देखिन्छ टिकटकमा । स्वेताले टिकटकमा भिडियो मात्र शेयर नगरेर स्लाइड तस्वीर पनि शेयर गरिरहेकी हुन्छिन् ।

कतिपयले भने उनलाई टिकटकमा व्यस्त हुनुभन्दा बरु फिल्म करिअरलाई नै फलो गर्न सुझाउँदै कमेन्ट गरेका छन् ।

पछिल्लो समय स्वेता अभिनित फिल्म ‘कान्छी’ प्रदर्शनमा आएको थियो । उक्त फिल्मले खासै व्यापार गर्न सकेन । आजभोलि भने स्वेता कुनै पनि फिल्ममा देखिएकी छैनिन् । पछिल्लो समय फिल्म ‘हेलो जिन्दगी’ मा अभिनय गर्दै गर्दा एक्कासी बिरामी भएपछि उनले सो फिल्म छोडेकी थिइन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ३ : ०२ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी