नेप्से सुधार हुँदै, आज पनि बढ्यो शेयर बजार | Khabarhub Khabarhub

नेप्से सुधार हुँदै, आज पनि बढ्यो शेयर बजार


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार ११ अंकले बढेको नेप्से परिसुचक आज पनि १५ दशमलव ६२ अंकले बढेको छ । १२ सय ५३ दशमलव ८६ अंकमा रहेको नेप्से बढेर १ हजार २ सय ६८ दशमलव ६९ अंकमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज कारोबार भएका सबै समूहको उल्लेख्य वृद्धि भएको छ ।

नेप्सेमा कारोबार भएकामध्ये नेपाल बैंक लिमिटेडको कारोबार सबैभन्दा उच्च भएको छ । दोस्रोमा सेञ्चुरी बैंक , तेस्रोमा मेगा बैंक र चौथो धेरै कारोबार हुनेमा प्रभु बैंक रहेको छ ।

कारोबार भएकामध्ये सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य प्रतिशेयर ४ सय ४९ रुपैयाँले बढेको छ । यो आज कारोबार भएका सबै शेयरमध्ये सबैभन्दा बढी हो । त्यस्तै सूर्योदय लघुवित्त वित्तिय संस्थाका शेयरधनीले समेत नाफा कमाएका छन् ।

आज कारोबार भएको संस्थाको प्रतिशेयर मुल्य ७ सय २१ रुपैयाँ कायम रहेको छ । अघिल्लो दिनको तुलनामा ५४ रुपैयाँले बढेको हो । त्यस्तै स्वाभिमान लघुवित्त वित्तिय संस्थाका शेयरधनीले समेत प्रतिशेयर २४ रुपैयाँ नाफा कमाएका छन् । तर रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले प्रतिशेयर ८ रुपैयाँ घाटा व्यहोर्दा समिट लघुवित्तिय वित्तिय संस्थाका शेयरधनीले समेत प्रतिशेयर ७ रुपैयाँ गुमाएका छन् ।

आज सबैभन्दा धेरै सेञ्चुरी बैंकको शेयर किनबेच भएको छ भने मेगा बैंकको समेत धेरै कारोबार भएको छ । माथिल्लो तामाकोशीसहित सिभिल बैंकको समेत बढी शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ३ : ३६ बजे

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव

बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा किरातकालीन प्रथम

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा