गुल्मी–१ : प्रदेशसभामा एमाले र कांग्रेस विजयी « Khabarhub

गुल्मी–१ : प्रदेशसभामा एमाले र कांग्रेस विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

गुल्मी– – गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो । जसमा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे।

त्यस्तै प्रदेशसभा (क)मा नेकपा एमालेका उम्मेदवार पाण्डेले आठ सय ६४ को अग्रतासहित १५ हजार एक सय २७ मत प्राप्त गरी विजयी भए । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार दुई सय ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

साथै प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की छ सय पाँच मतको अग्रतासहित १८ हजार पाँच सय ९६ मत प्राप्त गरी विजयी भए । उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका फर्सराम पाण्डेले १७ हजार नौ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले बताए ।

यस क्षेत्रमा कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए । जसमध्ये खसेको मत ६९ हजार सात सय ५९ हो । यस क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका वडा पर्दछन् । योसँगै गुल्मीमा प्रत्यक्षतर्फका दुवै प्रतिनिधिसभा र चार प्रदेशसभाको मतगणना सकिएर अन्तिम परिणामसँगै छ प्रतिनिधि निर्वाचित भएका छन् । यतिबेला समानुपातिक तर्फको मतगणना सुरु भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : ४३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार