सरकारी भाषा नीतिको विरोधमा दक्षिण भारतमा ८५ वर्षीय वृद्धद्वारा आत्मदाह « Khabarhub

सरकारी भाषा नीतिको विरोधमा दक्षिण भारतमा ८५ वर्षीय वृद्धद्वारा आत्मदाह


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने सरकारी प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीय व्यक्तिले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ ।

दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल र मट्टितेलमा डुबाएर आत्मदाह गरेका हुन् । उनले तामिल भाषाको प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो, “मोदी सरकारले हिन्दी थोपर्न बन्द गर । हामीले हाम्रो साहित्यले भरिपूर्ण तमिलभन्दा हिन्दीलाई किन रोज्नु पर्‍यो ? यसले हाम्रा युवाहरूको भविष्यलाई असर गर्नेछ ।”

सयौं भाषा र बोलीहरू बोलिने भारतमा भाषा एक भावनात्मक मुद्दा हो, तर यहाँ हिन्दीसँगै अङ्ग्रेजी भाषाले मुख्य आधिकारिक माध्यमको रूपमा काम गर्दछ जबकि राज्य सरकारहरूले क्षेत्रीय भाषाहरू प्रयोग गर्छन् ।

सन् २०११ को पछिल्लो जनगणनाअनुसार आधाभन्दा कम भारतीय नागरिकले हिन्दी बोल्छन् ।

तर गत महिना भारतीय जनता पार्टीका नेता तथा गृहमन्त्री अमित शाहको नेतृत्वमा सांसदहरूको एक समूहले चिकित्सा र इन्जिनियरिङजस्ता प्राविधिक शिक्षासहित हिन्दीलाई राष्ट्रिय आधिकारिक भाषा बनाउन सुझाव दिएको थियो ।

हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्ग्रेजी भाषाको प्रयोगको सट्टा भारतीय भाषाको प्रयोगमा जोड दिँदै आएका छन् ।

तर विपक्षीहरूले उनको सरकारले हिन्दी थोपर्न खोजेको आरोप लगाएको छ । यसकारण दक्षिण भारतमा विशेष आक्रोश उत्पन्न भएको छ ।

थांगावेलले शनिबार तमिलनाडुको सत्तारुढ डीएमके पार्टीको सलेमस्थित एक कार्यालयबाहिर केन्द्र सरकारको प्रस्तावको विरोधमा प्रदर्शन गरेका थिए ।

मोदी सरकारको भाषा नीतिको आलोचना गर्ने पार्टीका नेता एमके स्टालिनले थंगावेलको परिवारप्रति समवेदना प्रकट गर्दै यस विषयले अन्यलाई यस्ता चरम विरोध प्रदर्शनबाट जोगिन आग्रह गरेका छन् ।

उनले केन्द्र सरकारले भाषा विभेदी नीति ल्याएको विरोध गर्दै भने, “यसका लागि हामीले अर्को जीवन गुमाउनु हुँदैन ।”

यसअघि सन् १९६० को दशकमा तत्कालीन सत्तारुढ काङ्ग्रेस पार्टीले हिन्दी भाषालाई आधिकारिक राष्ट्रिय भाषा बनाउन खोजेपछि दक्षिण भारतमा आक्रोश उत्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ३७ बजे

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ– दाङमा पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ ।

दिक्तेल–रेग्मीटार सडक : घर्तीभीरको चट्टान फुटाउन सुरु

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग

महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

भोजपुर– डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका

दलका वाचापत्रमा कस्तो प्रतिबद्धता चाहन्छन् लगानीकर्ता ?

नेपालको पुँजीबजार आजको दिनमा देशको भूगोलमा मात्रै सीमित नरहेर विश्वभर