रेफ्री ब्राजिलको पक्षमा लाग्दा अर्जेन्टिना पराजित भएको मेस्सीको आरोप « Khabarhub

रेफ्री ब्राजिलको पक्षमा लाग्दा अर्जेन्टिना पराजित भएको मेस्सीको आरोप


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरिकाकाको सेमिफाइनल खेलमा रेफ्रीले ब्राजिलको पक्षमा निर्णय दिएको आरोप लगाएका छन् ।

कोपा अमेरिका अन्तर्गत बुधबार विहान भएको खेलमा ब्राजिलसँग २–० गोल अन्तरले पराजित भएपछि मेस्सीले हारजको जिम्मा रेफ्रीलाई लगाएका हुन् ।

मेसीले ब्राजिलले राम्रो नखेलेपनि इक्वेडोरका रेफ्रीको निर्णयका कारण अर्जेन्टिना पराजित भएको आरोप लगाएका हुन् ।

ब्राजिलका लागि रोबर्टो फिर्मिन्होले दोश्रो गोल गर्नुअघि अर्जेन्टिनालाई दिइनुपर्ने पेनाल्टी रेफ्रीले नदिएको आरोप मेस्सीले लगाएका हुन् । त्यसबेला अर्जेन्टिनाका सर्जियो अग्वेरोलाई पेनाल्टी नदिएको मेसीको आरोप छ ।

इक्वेडोरका रेफ्री रोडी जाम्ब्रानोले भिडियो असिस्टेन्ट रेफ्रीसँग परामर्श नगरिकनै एकपछि अर्काे कार्ड देखाएको आरोप मेस्सीले लगाए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ६ : ११ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको