विराटनगरका तीन वडाका केही क्षेत्र मात्र कृषि क्षेत्र | Khabarhub Khabarhub

विराटनगरका तीन वडाका केही क्षेत्र मात्र कृषि क्षेत्र


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

टङ्कीसिनवारी– विराटनगर महानगरपालिकाको तीन वडाका केही क्षेत्रलाई मात्र कृषि क्षेत्र तोकिएको छ । महानगरपालिकाका कूल १९ वडामध्ये वडा नं १४, १६ र १८ का केही क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरी बाँकी १६ वटा वडालाई गैरकृषि क्षेत्र तोकिएको हो । महानगरपालिकाको भू-परिषद्को बैठकले वडा नं १४, १६ र १८ को हकमा चार किल्ला खुलाई कृषि क्षेत्र तोक्ने र उक्त चार किल्ला बाहेकका क्षेत्रलाई गैरकृषि क्षेत्र वर्गीकरण गर्ने निर्णय गरेको हो । 

नेपाल सरकारले भविष्यमा आइपर्न सक्ने खाद्य सङ्कटको अवस्थालाई बेलैमा सम्बोधन गर्न र जग्गाको अनावश्यक खण्डीकरणमा अङ्कुश लगाउनका लागि भू-उपयोग ऐन, २०७६ र नियमावली, २०७९ सार्वजनिक गरेको थियो । स्थानीय पालिकाले आ–आफ्नो क्षेत्रको जग्गालाई तत्कालका लागि कृषि वा गैरकृषि हो भनी अनिवार्य वर्गीकरण गर्नु पर्ने गरी समयसीमा तोकिएको थियो । 

परिषद्ले वर्गीकरणको प्रस्तावित नक्साबमोजिम जग्गाधनी दर्ता स्रेस्ता तथा जग्गाधनी प्रमाणपुर्जामा भू-उपयोग वर्गीकरण क्षेत्र जनाई अद्यावधिक गर्ने निर्णयसमेत गरेको छ । जग्गाको वर्गीकरणको टुङ्गो नलाग्दा अंशबन्डादेखि सम्पत्ति बाँडफाँडमा समेत असर परिरहेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाको सिफारिसअनुसार जग्गाको वर्गीकरण गरी अगाडिको कारवाहीका लागि भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय विराटनगर पठाएको बताए। उनले तीन वडाका केही क्षेत्रबाहेकका बाँकी वडाका सम्पूर्ण जग्गालाई गैरकृषि क्षेत्र भनी वर्गीकरणको निर्णय गरिएको जानकारी दिए।  

भू-उपयोग नियमावलीमा जग्गालाई १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था गरेको छ । एउटा प्रायोजनमा वर्गीकरण गरिएको जग्गालाई अर्को प्रायोजनका लागि उपयोग गर्न पाइँदैन । नियमावलीमा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सिमसार क्षेत्र, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक र नेपाल सरकारको आवश्यकताअनुसार तोकिएको अन्य क्षेत्र गरी १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था गरिएको हो । तत्कालका लागि भने जग्गालाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्ने प्रक्रिया मिलाइएको हो ।

कृषि क्षेत्र घोषणा गरिएको जमिनलाई छ सय ७५ वर्गमिटर अर्थात दुई कठ्ठाभन्दा कम हुने गरी टुक्राउन नपाइने व्यवस्था छ ।


प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ४९ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत