‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी सुरु « Khabarhub

‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी सुरु


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ । नेपाल कला परिषद् र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा आजदेखि सुरु भएको उक्त प्रदर्शनीको नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेका हुन । कार्यक्रममा राजदूत श्रीवास्तवले नेपाल कला क्षेत्रको धनी मुलुक भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँलाई कलाको हवका रुपमा विकास गर्ने योजना आफूहरुले बनाएको बताए । उनले नेपालको कला क्षेत्रको विकासका लागि काठमाडौँ महानगरपालिकाले नेपाल कला परिषद्सँग मिलेर काम गर्न सुरु गरेको उल्लेख गरे ।

आगामी मङ्सिर २५ गतेसम्म चल्ने उक्त प्रदर्शनीको मुख्य उद्देश्य नेपालको हिन्दू धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषद्का अध्यक्ष सागरशमशेर जबराले जानकारी दिए । प्रदर्शनीमा १५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ ।

आजदेखि सुरु भएको प्रदर्शनीमा एक सय ६० कलाकारले बनाएका कलाकृति राखिएका छन् । ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकले लिएको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठीसमेत हुनेछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ११ : १५ बजे

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको