‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी सुरु « Khabarhub

‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी सुरु


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ । नेपाल कला परिषद् र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा आजदेखि सुरु भएको उक्त प्रदर्शनीको नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेका हुन । कार्यक्रममा राजदूत श्रीवास्तवले नेपाल कला क्षेत्रको धनी मुलुक भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँलाई कलाको हवका रुपमा विकास गर्ने योजना आफूहरुले बनाएको बताए । उनले नेपालको कला क्षेत्रको विकासका लागि काठमाडौँ महानगरपालिकाले नेपाल कला परिषद्सँग मिलेर काम गर्न सुरु गरेको उल्लेख गरे ।

आगामी मङ्सिर २५ गतेसम्म चल्ने उक्त प्रदर्शनीको मुख्य उद्देश्य नेपालको हिन्दू धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषद्का अध्यक्ष सागरशमशेर जबराले जानकारी दिए । प्रदर्शनीमा १५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ ।

आजदेखि सुरु भएको प्रदर्शनीमा एक सय ६० कलाकारले बनाएका कलाकृति राखिएका छन् । ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकले लिएको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठीसमेत हुनेछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ११ : १५ बजे

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका