क्यानडाविरुद्ध क्रोएसियाको उत्कृष्ट जित « Khabarhub

क्यानडाविरुद्ध क्रोएसियाको उत्कृष्ट जित


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

क्रोएसियाका लागि आन्द्रेज क्रमारिचले दुई गोल गरे । मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे । क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए ।

खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । तर त्यसलाई जोगाउन नसक्दा क्यानडाले हार ब्यहोर्नु पर्यो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याए ।

४४ औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए ।

खेलको ७० औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रोएसिया खेलमा हाबी भएको थियो । इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए ।जितसँगै क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ । क्रोएसिया शीर्ष स्थानमा रहेको छ । क्यानडाको भने याे लगातार दोस्रो हार हो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : ०३ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा