उदिपुर सडक पुन: एक साताको लागि बन्द « Khabarhub

उदिपुर सडक पुन: एक साताको लागि बन्द


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ – करिब ४ महिनापछि सञ्चालनमा ल्याइएको उदिपुरको अस्थायी सडक फेरी एक साताका लागि बन्द गरिएको छ। अहिले सडक बन्द गरेर वर्षायाममा समेत सञ्चालनमा ल्याउने गरी सडक मर्मत थालिएको प्रशासनले जनाएको छ।

बेसिशहर डुम्रे राजमार्गमा पर्ने लमजुङको उदिपुरमा निर्माण गरिएको अस्थायी सडकमा पुल मर्मत सुरु भएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अगाडि एक साता लगाएर अस्थायी सडक निर्माण गरिएको उक्त सडकखण्डलाई फराकिलो बनाएर बर्षायाममा समेत सञ्चालनमा हुन सक्ने गरी सडक मर्मत कार्य थालिएको बताइएको छ।

वैकल्पिक सडक निर्माण गरी सवारी साधन आगमन भइरहेको उक्त सडक आइतबारदेखि एक साताको लागि बन्द गरिएपछि यस अघिकै डाइभर्सन सडक मार्फत सवारी साधन आवतजावत हुन थालेका छन्।

अघिल्लो वर्ष खसेको पहिरोबाट सडक भासिएपछि वैकल्पिक मार्ग निर्माण गरिएकोमा गत भदौमा फेरि उदिपुरको देउराली डाँडाबाट पहिरो खस्दा गत वर्ष निर्माण गरिएको डाइभर्सन सडक बगाएको थियो।

बेसिशहर डुम्रे सडकलाई उदिपुर चिप्लेटी नजिकै मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको माथिल्लो गेटबाट ड्याम साइड हुँदै नेपाली सेनाको चण्डिप्रसाद गण भएर पुरानो रिठ्ठे बगर हुँदै उदिपुर निस्कने गरी डाइभर्सन सडक सञ्चालनमा ल्याइएको थियो।

बेसिशहर नगरपालिकाको इन्धन सहयोग र डुम्रे बेसिशहर चामे सडक आयोजनाको मेशिन तथा प्राविधिक सहयोगमा निर्माण गरिएको अस्थायी सडक आगामी बर्खायामका लागि समेत हुने गरी पुर्न निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले बताए। बैद्यका अनुसार एक साताका लागि अस्थायी सडक बन्द गरिएको र पुनः मर्स्याङ्दी तिरैतिर डाइभर्सन सञ्चालनमा ल्याइएको छ।

सडक कार्यालय प्रमुख इन्जिनियर अच्युत विलास पन्तका अनुसार १ सय ६० मिटर चौडाइको पहिरो खसेपछि कम्तीमा ५ मिटर चौडाइको एक सय लामो अस्थायी सडक निर्माण गरेर सवारी साधन सञ्चालनमा ल्याइएकोमा पुनः एक साताको लागि बन्द गरेर मर्मत थालिएको बताए।

नयाँ बजेटबाट सडक निर्माण गर्न केही समय लाग्ने भएकाले अहिले उक्त सडकलाई बर्खायाममा सञ्चालन हुने गरी मर्मत थालिएको उनको भनाई छ। अघिल्लो वर्षको भदौ ११ गते पहिरो खसेपछि अस्थायी रुपमा डाइभर्सन निकालेर सवारी साधन सञ्चालन गरिएको थियो।

उक्त सडक पनि गत असार ४ गतेको पहिरोले बगाएपछि वैकल्पिक रुपमा मर्स्याङ्दी नदी तिरैतिर डाइभर्सन सडक निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो।

नयाँ बजेटबाट निर्माण गरिने सडकलाई अहिलेको डाइभर्सनबाटै उठाइने र यसका लागि २२ करोड रुपैयाँको बजेट स्वीकृत भएको बताए।

उक्त बजेटबाट यस अघिको सडकलाई जोडिने गरी १ सय ६० मिटरको सडक निर्माण गरिने आयोजना प्रमुख पन्तले बताए।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ४८ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री