चार क्षेत्रको मतगणना जारी, कांग्रेस र एमाले दुई/दुई ठाउँमा अगाडि « Khabarhub

चार क्षेत्रको मतगणना जारी, कांग्रेस र एमाले दुई/दुई ठाउँमा अगाडि


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाका १६५ सिटमध्ये १५८ क्षेत्रको नतिजा आइसकेको छ भने चार स्थानको मतगणना जारी छ।

ती चारमध्ये कांग्रेस र एमाले उम्मेदवार दुई/दुई ठाउँमा अगाडि छन्। एमालेका उम्मेदवार धनुषा-४ मा रघुवीर महासेठ र सुनसरी ३ मा भगवती चौधरीले अग्रता लिएका छन्।

सुनसरी-४ मा शनिबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। संचार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले नै धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि गणना अघि बढ्न सकेको छैन। त्यहाँ कार्की एमाले उम्मेदवार जगदिश प्रसाद कुसियैतभन्दा ९८ मतले मात्रै अगाडि छन्।

उदयपुर-१ मा परराष्ट्र मन्त्रीसमेत रहेका डा.नारायण खड्काले अग्रता कायम राखेका छन्। खड्काले २१ हजार ८ सय ३३ मत ल्याउँदा एमालेकी मन्जुकुमारी चौधरीले २० हजार १ सय २० मत प्राप्त गरेकी छन् । गणनाको क्रममा मतपत्र बढी फेला परेपछि उत्पन्न विवादका कारण रोकिएको मतगणना त्यहाँ पनि सुरु हुन सकेको छैन।

दोलखा, बाजुरा र स्याङ्जा २ मा अझै मतगणना सुरु भएको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : २९ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ