प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप « Khabarhub

प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन्।

४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन। तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन्।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता प्रधानमन्त्रीको आकांक्षीको रुपमा देखिएका छन्।

प्रधानमन्त्री बन्न उद्देश्यसहित समर्थनका लागि प्रकाशमान सिंहले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। यसलगत्तै सोमबार बिहानै नेता रामचन्द्र पौडेल कोटेश्रव पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे।

प्रधानमन्त्री बन्नेगरी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री गगन थापाले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। काठमाडौं ४ का मतदाताले यसपटक आफूलाई प्रधानमन्त्री बन्न मत दिएको बताउँदै थापाले संसदीय दलको नेता र प्रधानमन्त्री बन्न प्रतिस्पर्धामा उत्रिने बताइसकेका छन्।

तर, पार्टी दुई शीर्ष नेता पनि दलीय छलफलमा लागेका छन्। आइतबार एमाले अध्यक्ष ओलीलाई भेटर नेता सिंहले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेका थिए।

सोमबार बिहान नेपाल निवास कोटेश्वर पुगेका नेता पौडेललाई अध्यक्ष नेपालले सकारात्मक जवाफ दिएका छन्। अध्यक्ष नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन आफू र आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिएका छन्।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : २२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले