सोमालियाको चर्चित होटेलमा भएको आक्रमणमा परी चार जनाको मृत्यु « Khabarhub

सोमालियाको चर्चित होटेलमा भएको आक्रमणमा परी चार जनाको मृत्यु


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमालियाको राजधानी मोगादिसुमा रहेको एक चर्चित होटलमा इस्लामिक लडाकु समूह अल शबाबले गरेको आक्रमणमा चार जना मारिएका छन् ।

उक्त होटेललाई रातभर घेराबन्दी गरी अल शबाब लडाकुले आक्रमण गरेको र घटनामा चार जनाको मृत्यु भएको सुरक्षा निकायका अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।

आतङ्ककारीहरूले राष्ट्रपति भवननजिकैको होटलमा गोली प्रहार गरेको १२ घण्टाभन्दा बढी समयपछि पनि गोली र विस्फोटको आवाज सुनिएको थियो ।

बन्दुकधारीहरू सरकारी सेनाले घेरिएको होटलको एउटा कोठामा लुकेका राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद दाहिरले एएफपीलाई बताएका छन् ।

‘अहिलेसम्म हामीले चार जनाको मृत्यु भएको पुष्टि गरेका छौं’,उनले भने भएको छ । अहिलेसम्म घेराबन्दी गरिएको स्थानबाट अन्यको उद्धार गरिएको छ । छिट्टै अवस्था सामान्यमा फर्किने उनको भनाइ छ । आक्रमणका क्रममा सरकारी अधिकारीहरु समेत घाइते भएको उनले बताए ।

सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको राजधानीको सुरक्षित मध्य भागमा रहेको भिल्ला रोज भन्ने होटेलमा बारम्बार सांसदहरूको आवत जावत हुने गरेको बताइएको छ ।

विगत १५ वर्षदेखि सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्ने प्रयास गरिरहेको अल–कायदासँग आवद्ध अल शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लडाकुहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु गरेको बताइएको छ ।

अल शबाबले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवम् विभिन्न भौतिक संरचनाहरुमा पनि आक्रमण गर्ने गरेका छन्

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ५ : ०५ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका