विलासी वस्तुको आयात रोक्न बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको निर्देशन | Khabarhub Khabarhub

विलासी वस्तुको आयात रोक्न बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको निर्देशन


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई जोगाउन भन्दै गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् ।

यद्यपि उनले थप अत्यावश्यक वस्तु आयात गर्नुपर्नेमा भने जोड दिएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको सचिवस्तरीय बैठकमा उनले सो निर्देशन दिएकी हुन् ।

बैठकपछि बङ्गलादेशी मन्त्रिपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामले प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र डलरको तरलता सुधार गर्नका लागि आयात शुल्क बढाउन आग्रह गरेकी थिइन् ।

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४.१० अर्ब अमेरिकी डलर पुगेको छ, जुन नोभेम्बर १७ मा ३४.३० अर्ब अमेरिकी डलरको तुलनामा कम रहेको बङ्गलादेशको केन्द्रीय बङ्गलादेश बैंक (बीबी) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यस पृष्ठभूमिमा, बङ्गलादेशको केन्द्रीय बैंकले अमेरिकी डलरको तुलनामा बङ्गलादेशी मुद्रा टाकाको विनिमय दर परिवर्तन गर्ने विचार गरिरहेको छ । यसको अर्थ आर्थिक वर्षको अन्त्यसम्ममा अमेरिकी डलरको कारोबार विद्यमान एक अमेरिकी डलर बराबर ९८ टाकाबाट कारोबार १०० टाकामा पुग्नेछ ।

समष्टिगत आर्थिक स्थायित्वका लागि गम्भीर खतरा उत्पन्न हुने चुनौतीको सामना गर्न बङ्गलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत विश्वका ऋणदाताहरुसँग ऋणका लागि सम्पर्क गरिसकेको छ ।

आइएमएफले बहुप्रतिक्षित ४.५ अर्ब अमेरिकी डलर को ऋण सहायता जारी गर्न मार्ग प्रशस्त गर्न बङ्गलादेशसँग कर्मचारीस्तरको सम्झौता भएको पुष्टि गरेको छ ।

प्रधानमन्त्री हसिनाले गत महिना बङ्गलादेशमा रहेका सबैलाई सम्भावित विश्वव्यापी अनिकाल वा खाद्य सङ्कटबाट देशलाई जोगाउन खाली सबै जमिनमा खेती गर्न र थप खाद्यान्न उत्पादन गर्न एकसाथ काम गर्न आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : ०५ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको