पाकिस्तानका नयाँ सेना प्रमुखले कमाण्ड सम्हाले | Khabarhub Khabarhub

पाकिस्तानका नयाँ सेना प्रमुखले कमाण्ड सम्हाले


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेफ्टिनेन्ट जनरल असिम मुनीरले पाकिस्तानको १७ औँ सेना प्रमुखको रुपमा कमाण्ड सम्हालेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाको बिदाईसँगै उनले आज कमाण्ड सम्हालेका हुन् ।

देशको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा आफ्नो छ वर्षको कार्यकालको अन्त्य गर्दै जनरल बाजवाले रावलपिण्डीमा आयोजित एक समारोहमा लेफ्टिनेन्ट जनरल मुनीरलाई कमाण्डको प्रतीकका रुपमा रहेको डण्डा हस्तान्तरण गरेका पाकिस्तानको दैनिक अखबार डनले जनाएको छ ।

बाजवाले करिब छ वर्षको विस्तारित कार्यकाल पूरा हुनुभन्दा केही अघि जनरल मुनीर र जनरल साहिर शमशाद मिर्जासहित छ जनालाई सम्भावित भावी प्रधानसेनापतिका रुपमा चित्रित गरिएको थियो ।

जनरल मुनीरको नियुक्तिसँगै नयाँ सेना प्रमुखको नियुक्तिलाई लिएर फैलिएका अफवाह, अनिश्चितता र अनुमानको पटाक्षेप भएको बताइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : २३ बजे

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा

बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए

नेपालको सुन बजार पछिल्ला दिनहरूमा निकै अस्थिर बन्दै गएको छ

काटेर सुकाएकै ठाउँमा भिज्यो धान

दोलखा– यति बेला जिल्लाका अधिकांश बेँसी खेतमा पहेँलै धान पाकेर

अन्नपूर्ण आधार शिविरबाट एक सय ६२ पर्यटकको उद्दार (फोटो फिचर)

काठमाडौं – सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल