ट्युनिशियामा सर्वाधिक खोजीमा रहेका लडाकुद्वारा आत्मघाती आक्रमण | Khabarhub Khabarhub

ट्युनिशियामा सर्वाधिक खोजीमा रहेका लडाकुद्वारा आत्मघाती आक्रमण


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिश– सर्वाधिक खोजीको सूचीमा रहेका एक लडाकुले उत्तर अफ्रिकी मुलुक ट्युनिशियाको राजधानी ट्युनिशमा आत्मघाती आक्रमण गरेका छन् ।

राजधानी ट्युनिशको इन्टिलका क्षेत्रमा प्रहरीले चौतर्फी घेरा हालेपनि सर्वाधिक खोजीको सूचीमा रहेका लडाकु आयमन स्मिरीले आत्मघाती आक्रमण गरेको बताइएको छ ।

आक्रमणबाट स्मिरीको ज्यान गएपनि अरु कुनै मानवीय क्षति नभएको अधिकारीले जनाएका छन् । उनले आत्मघाती आक्रमण गर्नुअघि प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए ।

अघिल्लो साताको बिहीबार ट्युनिशमा भएका दुई आत्मघाती आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको थियो भने अरु १५ जना घाइते भएका थिए । सन् २०११ मा तत्कालिन राष्ट्रपति जिन अल अबिदिन बेन अलीलाई सत्ताच्युत गर्नेगरी भएको क्रान्तिपछि ट्युनिशियामा इस्लामिक अतिवादीले आक्रमणहरु गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : १० बजे

पाकिस्तानमा भएको आतंककारी आक्रमणमा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौं– सुरक्षाका दृष्टिले सन् २०२४ पाकिस्तानका लागि सुखद् रहेन ।

सप्तरी प्रहरीद्वारा तीन महिनामा एक सय ९२ जना फरार प्रतिवादी पक्राउ

सप्तरी– पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ जना

एमाले छाड्नेहरूको गुनासो- पूर्वमाओवादी भन्दै हेपे, गुटबन्दी गरेर तलसम्मै घेरे

धनगढी- नेकपा एमालेमा बस्ने वातावरण नदिएको आरोपसहित कैलालीमा चार दर्जन

सुन गोहोरोसहित दुई जना पक्राउ

काठमाडौं– विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन

भारतबाट हुने कफीको निर्यात बढ्यो 

काठमाडौं– भारतबाट हुने कफी निर्यात ह्वात्तै बढेको छ । यस