पाकिस्तानमा विमानस्थलभित्रै गोली चल्यो, २ जना मारिए « Khabarhub

पाकिस्तानमा विमानस्थलभित्रै गोली चल्यो, २ जना मारिए


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाहौर– पाकिस्तानको लाहौर शहरस्थित अलामा इकबाल अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्दा २ जनाको ज्यान गएको छ । बुधबार विमानस्थलको मुख्य टर्मिनल अगाडि दुई बन्दुकधारीले गोली चलाउँदा अर्का एक जना घाइते भएका छन् ।

साउदी अरबमा इस्लामिक तीर्थ पूरा गरी फर्केका मानिसलाई लक्षित गरी गोली प्रहार भएको जनाइएको छ । व्यक्तिगत झगडाका कारण गोली चलेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले बन्दुकधारीलाई पक्राउ गरेको थियो ।

बन्दुकधारीले अन्तर्राष्ट्रिय विमानस्थलभित्र कसरी बन्दुक लैजान सफल भए भन्नेबारे अनुसन्धान अघि बढाइएको त्यहाँका वरिष्ठ प्रहरी अधिकारी सफ्दर राजा काजीले जनाएका छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : १४ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि