उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था | Khabarhub Khabarhub

उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला मायोसिटिस नामको गम्भीर रोगबाट पीडित छिन् । उनी यो रोगको उपचारका लागि दक्षिण कोरिया जाने भएकी छन् ।

गत अक्टोबरमा सामन्थाले आफ्नो रोगको बारेमा जानकारी दिँदै केही समयदेखि रोगको उपचार गरिरहेको खुलासा गरेकी थिइन् । उनले उपचार जारी भए पनि रिकभरीको स्तर निकै कम रहेको बताएकी थिइन् । उनले उपचारमा आयुर्वेद पद्धति अपनाइरहेकी छिन् ।

सामन्था निकटका अनुसार उनी एडभान्स उपचारका लागि केही समय बिताउने गरी दक्षिण कोरिया जान लागेकी हुन् । उनी त्यहाँ केही महिना बस्नेछिन् ।

मायोसिटिस एक अटो इम्युन रोग हो । यो रोगले बिरामी निकै कमजोर महसुस गर्छन् । बिरामीको मांशपेसीमा तीव्र दुखाई हुने गर्छ । यस्ता रोगका बिरामीलाई बस्न, सिँढी चढ्न, वजन उठाउन समस्या पर्दछ । केही काम नगरीकन पनि बिरामीले थकानको अनुभव गर्छन् । कैयौंपटक यो रोगका कारण बिरामी
डिप्रेसनको सिकार पनि बन्छन् ।

सामन्था पछिल्लोपटक फिल्म ‘यशोदा’मा देखिएकी थिइन् । उनको पाइपलाइनमा ‘शाकुन्तलम’, ‘कुशी’ र ‘गढ’ फिल्म छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ४ : १७ बजे

जेन–जीको प्रर्दशनले अदालतको काम कारबाही प्रभावित 

काठमाडौं– जेन–जी पुस्ताको प्रर्दशनका कारण अदालतको काम कारबाही प्रभावित भएको

एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री भएकालाई पदबाट राजीनामा

एकीकृत समाजवादीबाट जेन–जी आन्दोलनमाथि दमनको निन्दा

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले जेन–जी पुस्ताको आन्दोलनमा भएको दमनको

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

ललितपुर – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ। जेनजी

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।