जंगली जनावरको मासु र अवैध हतियारसहित एक जना पक्राउ « Khabarhub

जंगली जनावरको मासु र अवैध हतियारसहित एक जना पक्राउ


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बर्दिया – बर्दियाबाट प्रहरीले जंगली जनावरको मासु र अवैध हातहतियार प्रहरीले बरामद गरेको छ । आज बिहान जिल्लाको बासगढी नगरपालिका–८ बनगौडी बस्ने ५० वर्षीय गुलराम थारुको घरबाट विभिन्न अवैध हातहतियार बरामद गरेको प्रहरी चौकी लक्ष्मणले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी लक्ष्मण बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज (रम्भापुर सेन्टर) र रम्भापुर आर्मी चेकपोष्टबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा भरुवा बन्दुक १ थान, सोही बन्दुकको नाल १ थान, गज १ थान, डेटोनेटर ८ थान, फलामको छर्रा (सानो र ठूलो) ५ सय १५ वटा, गोलीमा प्रयोग हुने फलामको टुक्रा १ सय ७५ वटा, वारुद १५ ग्राम, केप २५ वटा, चित्तलको मासु जस्तो देखिने सुकुटी १ किलो र बदेलको जस्तो देखिने दारा ४ वटा फेला पारि बरामद गरेको हो ।

गुलरामकी श्रीमती ५० वर्षीय पोटनी थारूलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार गुलरामको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : १० बजे

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार

आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार