दराजले थिचेर अढाई वर्षीया बालिका मृत्यु « Khabarhub

दराजले थिचेर अढाई वर्षीया बालिका मृत्यु


१५ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दराजले थिचेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएकी थिइन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले बताएका छन् । सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएको नातिनीलाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको हजुरबुबा अर्जुन कार्कीले बताए ।

दराजले थिचेर अचेत अवस्थामा रहेकी नातिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्कीको भनाइ छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १ : ३६ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको