स्रोत नखुलेको ११ लाख रुपैयाँसहित दुई जना पक्राउ « Khabarhub

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित दुई जना पक्राउ


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रौतहटको गौर नगरपालिका ५ स्थित बरहवा पुल इलाकाबाट मंसिर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षीय राजु कुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षीय राजेश प्रसाद यादव छन् ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथमा फेला पारेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ६ : ५७ बजे

न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल

विद्यार्थी आन्दोलनबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँदिल्ली– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थी आन्दोलनबीच पदबाट राजीनामा दिएका

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ