चिनियाँ पूर्वराष्ट्रपति जियाङको निधनप्रति दुःख व्यक्त « Khabarhub

चिनियाँ पूर्वराष्ट्रपति जियाङको निधनप्रति दुःख व्यक्त


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जियाङको निधनमा चीनका राष्ट्रपति सी चिनफिङलाई आज शोक सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले सन्देशमा पूर्वराष्ट्रपति जियाङको निधनले नेपालले एक सच्चा र प्रतिष्ठित मित्र गुमाएको उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको घनिष्ठ मित्रता र सहयोगलाई थप सुदृढ बनाउन सन् १९९६ मा पूर्व राष्ट्रपति जियाङको नेपालको औचापरिक भ्रमणको समेत स्मरण गरेकी छिन् ।

यसैगरी प्रधानमन्त्री देउवाले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङलाई आफ्नो शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति जियाङ नेपालको परममित्र र शुभचिन्तक रहनुभएको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच लामो समयदेखिको सौहार्दता, मित्रता र सहयोगको सम्बन्धलाई सुमधुर बनाउन दिवंगत पूर्व राष्ट्रपति जियाङले पुर्याएको योगदानको पनि स्मरण गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १० : १६ बजे

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा