खोटाङको हलेसीमा सौर्यबत्ती जडान « Khabarhub

खोटाङको हलेसीमा सौर्यबत्ती जडान


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ – प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।

बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । महेन्द्रोद्धय माविको छानामा १२ थान सोलार प्यानल राखेर सौर्यबत्तीको व्यवस्था गरिएको छ ।

सौर्यबत्ती जडानपछि मर्मतसम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्ने छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत नै प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु एक करोडमा एक सय २६ सौर्यबत्ती जडान गर्ने तयारी भइरहेको गिरीले बताए । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको सहजताका लागि उज्यालो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले रु सात लाखमा ११ ठाउँमा सिसीक्यामेरासमेत जडान गरेको छ ।

हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रिमा पाँच दिन, बालाचतुर्दशी तथा हरितालिका तीजमा तीन–तीन दिन तथा बोलबमको अवसरमा साउन महिनाको हरेक सोमबार ठूलो मेला लाग्छ । हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १० : ३४ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार