टुक्रा–टुक्रा घडेरी बिक्री गर्दा भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव « Khabarhub

टुक्रा–टुक्रा घडेरी बिक्री गर्दा भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

टङ्कीसिनवारी- जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ ।

कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौँ भेडा लिएर महिनौँ घर छाडेर हिँड्ने गरेका छन् । उनीहरूको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ । घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ । भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १० देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने बाध्यता छ ।

“भेडालाई बाँधेर राख्न गाह्रो छ । खुलामा चराउनु पर्छ । खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पिर हुन्छ”, दयानन्द पालले भने, “राति बास बस्दा पनि जङ्गली जनावरले भेडा खाइदेला भन्ने चिन्ता छ । आलोपालो गरेर २४ सैँ घण्टा भेडाको सुती–नसुती निगरानी गर्नुपर्ने अवस्था छ ।”

भेडापालन गर्न दुःख बढी हुने गरेको अर्का भेडापालक सदानन्द पालले सुनाए। पुर्ख्यौली पेशा भएर मात्र भेडापालन अँगालेको उल्लेख गर्दै उनले चर्ने ठाउँ कम हुँदै गएकाले पाल्न कठिन बन्दै गएको दुखेसो पोखे ।

वर्षमा दुई पटक भेडाबाट ऊन निकाल्ने गरिएको छ। आधुनिकतासँगै भेडाको ऊनको बिक्री पनि कम हुँदै गएको छ । भेडाको ऊनको चाङले घर नै भरिए पनि बिक्री गर्न समस्या छ। भेडा चराउन हरिनगराबाट थालिएको यात्रा विराटनगर, लौकही, इनरूवा, भण्टाबारी, जनकपुरसम्म पुग्ने उनी बताउँछन्। भेडा चराउनैका लागि विराटनगर आएका दयानन्द, सदानन्द र खिलानन्द नहर छेउमा पाल टाँगेर बसेका छन् । एक सय २० भेडा लिएर हिँडेका उनीहरूको बढी जसो समय चरन क्षेत्र खोज्नमै बित्ने गरेको छ । सरकारले भेडाबाख्रा पालन गर्न सेवा सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १२ : २५ बजे

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्नेपाली

इण्डो-नेपाल टी-२० च्याम्पियनसीपको उपाधि भद्रपुर क्रिकेट क्लबलाई

झापा– जिल्लामा पहिलो पटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि

प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन

फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

दशरथचन्द– बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ