बच्चा र युवा उमेरदेखि नै मेरुदण्डको समस्या बढ्यो « Khabarhub

बच्चा र युवा उमेरदेखि नै मेरुदण्डको समस्या बढ्यो


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मेरुदण्डको माध्यमबाट केन्द्रीय स्नायु प्रणालीको रक्तधार र चेतनाचक्र प्रवाहित हुन्छ । यसलाई सु–सुम्नामण्डल पनि भनिन्छ। धेरै मोटो र धेरै पातलो व्यक्ति या कुपोषणका सिकार भएका व्यक्तिमा पनि यो समस्या देखिन सक्ने चिकित्सक बताउँछन् । यस्तै सुत्ने विस्तारा वा पोजिसन नमिल्दा पनि समस्या देखिन सक्छ । त्यसैले मेरुदण्डमा देखिने समस्याका बारेमा मेरुदण्ड रोग विशेषज्ञ डा गौरवराज ढकालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

मेरुदण्डमा कस्ता–कस्ता समस्या देखा पर्दछन् ?
यो समस्या जुनसुकै उमेर समूहमा पनि हुन्छ । एउटा जन्मिदा नै लिएर आउने जसलाई हामी कन्जीनाइटर भन्छौँ । त्यसमा कुनै हड्डीको बनावट गर्भदेखि नै बिग्रेर ढाँड बाङ्गिने समस्या हुन्छ । कुप्रो हुने हुन्छ । त्यसपछि युवा अवस्थामा पनि त्यही कुराहरू बढेर झन् बढी देखिने हुन्छ । वा नयाँ ढाँड बाङ्गिने समस्या हुन्छ । धेरै काम गर्ने मान्छेहरूमा २५ देखि ५० उमेर सम्मको मान्छेहरूमा धेरै यो ढाँड र कम्मर गर्धन दुख्ने समस्या धेरै भएको छ । वृद्धाहरूमा (ओस्टियोपोरोसिस)को कारणले अर्को मेरुदण्डको क्यान्सर अरू भागबाट क्यान्सर भएर ढाँडमा आएपछि ढाँड धेरै दुख्ने बाथहरू उत्पन्न हुनेहुन्छ । त्यसैले यो कुनै उमेरमा धेरै हुन्छ र कुनैमा कम हुन्छ । कुर्चीमा बसेर लेखापढीको काम गर्न, सिलाई बुनाईको काम गर्ने, निहुरिएर काम गर्ने र शारीरिक क्षमताले भ्याउनेभन्दा बढी श्रम गर्नेमा यो रोग देखिन्छ ।

युवा अवस्थामा के कारणले हुन्छ ?
एउटा स्कुल पढ्दा देखिनै बच्चाहरूमा ढाँड दुखाइको समस्या हुन्छ । किनभने स्कुलमा उनीहरूको .किताब कपि धेरै हुन्छन् । त्यसले गर्दा सुरु सुरुमा उनीहरूमा दुखाई सुरु हुन्छ । विद्यार्थीमा धेरै कुप्रिएर लेख्ने, धेरै मोबाइल फोन चलाउने बानीले गर्दा पोज मिल्दैन, लामो समय कुर्सीमा बसेर काम गर्नेहरूमा, डाइभरहरुमा, धेरै भारी बोक्नेहरूमा यो समस्या बढी हुन्छ ।

बस्ने पोज नमिलेर ढाँड दुख्ने हो ?
पोज भन्दा पनि धेरै समय एउटै पोजमा बस्दा मेरुदण्ड थाकेर जान्छ, दुखाइ हुन्छ । फिजिकल व्यायाम नगर्दा पनि यो समस्या बढ्छ ।

यो समस्या देखिएर समयमा उपचार भएन भने पछि के हुन्छ ?
मेरुदण्डमा समस्या देखियो वा ढाँड दुख्ने, दर्धन दुख्ने, हात झमझमाउने समस्या आयो भने घरमा नै सिटामोल खाएर बस्नु हुँदैन । एक हप्ता हेरौँ न भनेर बस्नु हुँदैन किनभने त्यति बेलासम्म दुखाइले उग्र रूप लिनसक्छ । समस्या पनि बढेर जान सक्छ । त्यसैले ढाँड र गर्धनको दुखाई, हातमा कमजोरी र खुट्टामा लुलोपन आयो भने जँचाइहाल्नु पर्दछ ।

जँचाए पछि कसरी उपचार हुन्छ ?
हामीले राम्रोसँग समस्या सोधेर के कारणले हो पता लगाउछौँ । रगत जाँच, एमआरआई, सिटी, इएमजीहरु सबै टेस्टमा जान्छौँ । बिरामी दुई प्रकारका हुन्छन् । एउटा चाहिँ भित्र नै केही गम्भीर समस्या छन् भने त्यही अनुसार हामी सर्जरी वा मेडिसिनहरू दिन्छौँ । मेकानिकल पीठ दुखाइ, प्रसव पछि पीठ दुखाइ छ भने हामीले ७ देखि १० दिनको औषधि दिन्छौँ र व्यायाम गराउँछौँ ।

यस्तो समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
घरमा हामीले स्वस्थ जीवनशैली बनाउनु पर्दछ । आफ्नो बसाइ पनि ध्यानमा राख्ने लामो समयसम्म एउटै पोजमा नबस्ने, दिनभरी काम गर्ने र घरमा आएपछि टिभी हेर्ने र सोफामा सुत्ने गर्नु हुँदैन । हामीले एउटा अभियान नै चलाएका छौँ (फिट् इज फाइन हेल्दी लाइफ) भन्ने त्यसैले यसो गर्दा कुनै समस्या आउँदैन ।

यो समस्या घरमा कसैलाई छ भने आउने पुस्तामा पनि जान्छ ?
वंशाणुगत रूपमा आएको छ भने आउन सक्छ त्यसैले हामीले बिहान उठ्ने व्यायाम गर्ने दौडिने गर्नु पर्दछ । स्वस्थ खाना तरकारी र फलफूलहरू खाने । कुनै समस्या आयो भने तुरुन्त अस्पताल गएर जँचाउनु पर्दछ नत्र पछि गएर यसले ठुलो समस्या निम्त्याउन सक्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ३३ बजे

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

काठमाडौं– सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा

एक करोडमा अतिथि गृह निर्माण

पर्वत– समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र इएमआई सुविधा

काठमाडौं– सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको

‘लालीबजार’का केही संवाद हटाउन आदेश

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत