उत्तर कोरियामाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध « Khabarhub

उत्तर कोरियामाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन्।

अमेरिकामा तीन उत्तर कोरियाली अधिकारीहरूको सम्पत्ति रोक्का भएको प्योङयाङले जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपण (अमेरिकी मुख्य भूमिमा प्रहार गर्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल)ले कोरियाली प्रायद्वीप र सम्पूर्ण विश्वको लागि गम्भीर सुरक्षा जोखिम खडा गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।

ब्लिन्केनले यो कारबाही अमेरिकी सहयोगी देशहरु दक्षिण कोरिया र जापानसँगको समन्वयमा गरिएको र अप्रिलमा युरोपेली युनियनले पनि तीन उत्तर कोरियालीमाथि प्रतिबन्ध लगाइएको बताए ।

टोकियो र सियोलले शुक्रबार पनि नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । यसैबीच, दक्षिण कोरियाले एक ताइवानी र एक सिंगारी नागरिक सहित आठ जनालाई प्रतिबन्ध लगाउने जनाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : १४ बजे

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र