‘महापुरूष’ को प्रदर्शन छैठौँ सातामा प्रवेश « Khabarhub

‘महापुरूष’ को प्रदर्शन छैठौँ सातामा प्रवेश


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र ‘महापुरूष’ प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको यो चलचित्र १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ ।

अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन ‘५१औँ’ दिनतर्फ लम्किरहेको छ । नेपालका हलमा प्रदर्शन भएर मात्रै पनि १० करोड रुपैयाँ ‘ग्रस कलेक्सन’ गरिसकेको छ ।

स–परिवार नै फिल्म हेर्न हलसम आउने हुँदा यसको दर्शक बढीरहेका छन् । फिल्मले परिवारलाई जोड्ने काम समेत गरिरहेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘हाम्रो फिल्म हेर्न परिवार जम्मा भएर आइरहनु भएको छ । फिल्म हेर्ने बहानामा उहाँहरूको घुमघाम समेत भइरहेको छ’, निर्देशक भट्टराईले भने, ‘फिल्मले स्वदेशसँगै विदेशबाट पाइरहेको माया र प्रतिक्रियालाई धन्यवाद भन्ने शब्द नै हामीसँग छैन । समाजमा गाडिएको गम्भीर विषयलाई पर्दासम्म ल्याउन यसले हामीलाई थप बल मिलेको छ ।’

छैठौँ सातामा फिल्मले मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आउटलेटमा ११ शो पाएको छ । क्युएफएक्सअन्तर्गत भक्तपुरमा रहेको क्युएफएक्समा २ शो, लबिम मलमा २ शो, सिभिल मलमा २ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसलअन्तर्गत नेपालगन्जमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विर्तामोडमा १ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा १ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा २ शो, किर्तिपुर सिनेप्लेक्समा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ३ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा १ शो र कालिमाटीमा २ शो दिएको छ ।

यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा २ शो र बुटवलमा रहेको आइएनआइमा २ शो दिएको छ । पाँचौ सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको स्पष्ट हुन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : १० बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।