भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुन्छ : रामचन्द्र पौडेल « Khabarhub

भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुन्छ : रामचन्द्र पौडेल


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुने बताएका छन् ।

तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरतासहित सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिए ।

‘देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ’ उनले भने । यस्तै, नेता पौडेलले कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने बताए ।

उनले गाउँ गाउँमा उद्योग खोलेर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : २० बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर