रसुवाको धार्मिक मार्गमा रेडपाण्डा « Khabarhub

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रसुवा – गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जङ्गलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न थालेको छ । हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो ।

संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार विशेष संरक्षणअन्तर्गत निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गणको नियमित गस्ती तथा अन्य चौपाय तथा मानिसको बस्ती नभएका कारण चन्दनबारीको माथिल्ला भाग चोलाङपाटी जङ्गल क्षेत्रमा रेडपाण्डा फाट्टफुट्ट देखिन थालेको हो ।

लजालु स्वभाव रहेको रेडपाण्डाले रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइमा झर्ने संरक्षण अधिृकत भट्टराईले जानकारी दिए । सन् १९८७ मा वन्यजन्तु विज्ञ डा प्रह्लाद योङ्जेनको अध्ययनले चन्दनबारी तथा चोलाङपार्टी क्षेत्रमा रेडपाण्डाको पाइने पत्ता लागेको थियो ।

यसपछि लाङटाङ राष्ट्रिय निकुञ्ज मार्फत रेडपाण्डा संरक्षण गरिँदै आइएको छ । गोसाइँकुण्ड तीर्थ गर्न जाने हिन्दू एवं बुद्ध धर्मावलम्बी र हिमाली प्रकृतिको छटा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकसमेतले यात्राको क्रममा रेडपाण्डा अवलोकन गर्न सहज भएको जनाइएको छ । प्रमुख संरक्षण अधिकृत भट्टराईले रेडपाण्डा संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ५३ बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः