इपीएसमा १२ हजार उत्तीर्ण, कोरियाले ६ हजार ७ सयलाई मात्र लैजाने « Khabarhub

इपीएसमा १२ हजार उत्तीर्ण, कोरियाले ६ हजार ७ सयलाई मात्र लैजाने


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० मा दक्षिण कोरियाले ६ हजार ७ जना नेपालीलाई मात्र वैदेशिक रोजगारीका लागि लैजाने भएको छ ।

यो वर्षका रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमध्ये कोरियाको मानव शसाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको वैदेशिक रोजगार इपीएस शाखाले जानएको छ ।

ईपीएसको लिखिप परीक्षामा पास भएकाहरुको सीप परीक्षा भदौ ४ देखि १८ गतेसम्म हुँदैछ । कोरियन भाषा उत्तीर्ण गरेका परीक्षार्थीले सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भरीसक्नुपर्ने शाखाले सूचना प्रकाशन गरेको छ ।

उक्त सीप परीक्षाका लागि कोरियाको एचआरडीले ६ हजार ७ सयको मात्र नाम रोष्टरमा चढाउन शाखालाई निर्देशन दिएको शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।

सन् २०२० का लागि सञ्चालित ईपीएस परीक्षामा औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए ।

एचआरडीले औद्योगिक क्षेत्रका लागि ४ हजार ७ सय र कृषिमा २ हजार जनालाई सीप परीक्षण सहभागि गराउन शाखालाई जानकारी गराएको शाखाले जनाएको छ । शाखाले सोही अनुसार सूचना प्रकाशित गरेको छ ।

कोरियन भाषा परीक्षामा नाम निकालेका सबै रोजगारीका लागि कोरिया जान योग्य नहुने शाखाका सूचना अधिकारी भण्डारीले बताए । पछिल्लो समय कोरिया सरकारले भाषामा भन्दा सीप परीक्षणमा जोड दिएको उनको भनाइ छ ।

इपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागी भई अनिवार्य पास हुनुपर्ने छ ।

सीप परीक्षणमा पास भएका परीक्षार्थीले मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् ।

सन् २०२० का लागि ८४ हजार भन्दा धेरै नेपालीले कोरियन भाषा परीक्षामा सामेल भएका थिए । जसमध्ये १२ हजार ९ जनाले कोरियन भाषा परीक्षा उत्र्तीण गरेका थिए ।

नेपालबाट कोरियाले सन् २००८ बाट नेपाली कामदार इपीएसमार्फत लैजादै आएको छ । हाल कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तंथ्याकमा छ । भाषा परीक्षामार्फत करिब ६० नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ११ : ३३ बजे

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा

‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यसहित न्यायपूर्ण समाज निर्माणमा एमालेको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को

क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु

एजेन्सी– क्यारेबियन सागर क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

काठमाडौं– पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी

राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको