नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो « Khabarhub

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको पाइएको छ । नयाँ दिल्लीमा आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको हो ।

वायु प्रदूषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको छ ।

वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा यसबारे जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदूषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ ।

विज्ञप्तिमा नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरु अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ ।

आयोगको आइतबार अपराह्न ४ बजेको रिपोर्टमा वायु प्रदूषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् चार सय सातमा पुगेको देखाइएको छ । यो एक्युआई तह दुई सय एक देखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र चार सय एकदेखि माथि पाँच सयसम्मलाई गम्भीर तह अर्थात घातक मानिएको छ ।

नयाँ दिल्लीमा प्रायः जाडो समय (नोभेम्बरदेखि फेब्रुअरी) सम्म वायु प्रदूषणको मात्रा बढ्ने गरेको पाइन्छ । यसवर्ष अहिले नै प्रदूषणको मात्रा गम्भीर तहमा पुगेकाले यस मौसममा वायु प्रदूषणको मात्रा निकै नै बढ्ने संकेत देखिएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १ : १२ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि